नेपालमा थप तीन जनामा कोरोना पुष्टी,संक्रमित संख्या ५७ पुग्यो

१७ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमण फैलने क्रममा छ । आज मात्रै तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका हुन् । संक्रमित तीनै जना यसअघि इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए । यो संगै नेपालमा कोरोना संक्रमित संख्या ५७ जना पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।