रौतहटमा थप दुई जनामा कोरोना पुष्टि

१६ बैशाख,काठमाण्डौ ।
रौतहटमा थप दुई जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा रौतहटमा दुई जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।उनीहरुलाई यसअघि आरडीटी जाँच गर्दा पोजेटिभ देखाएपछि जनकपुरस्थित प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना नेगेटिभ देखाइएको थियो ।यसअघि पनि सर्लाहीका १४ वर्षीय किशोरको कोरोना जाँच गर्दा जनकपुरस्थित पीसीआरमा नेगेटिभ देखाएको थियो । तर, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा पोजेटिभ देखाएको थियो ।हालसम्म नेपालमा कोरोना संक्रमण देखिनेमा ५४ पुगेका छन् भने १६ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।