नेपालमा थप दुई जनामा कोरोना पुष्टि,संक्रमित संख्या ५१ निको हुने १२

१४ बैशाख,काठमाण्डौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि समय अघि प्रेस बिज्ञप्ती जारी गरी नेपालमा थप २ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी गरेको छ । उनीहरु पर्सा वीरगंजका दुबै जना ५० बर्षीय पुरुष हुन् ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । गत चैत ३० गते वीरगन्जको छपकैया स्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो ।आज थपिएका मध्ये एकजना मस्जिदका मलोना (पुजारी) हुन् भने एकजना महानगरका सफाई गर्ने नाइके हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । जसमा १६ जना निको भएको मन्त्रालयको बिज्ञप्तीमा जनाइएको छ । तर,आजै वीरगंजमा मृत्यु भएकी युबतीको बिषयमा मन्त्रालयको आधिकारी धारण आएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।