कोरोनाभाइरसको संक्रमणले विश्वभर २ लाखको मृत्यु

२५ अप्रिल,एजेन्सी,अमेरिका ।
महामारीका रुपमा फैइलिएको कोरोनाभाइरस (कोभिड-१९)ले विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख पुगेको छ । रोयटर्समा प्रकाशित समाचारका अनुसार संक्रमित संख्या छिट्टै ३० लाख पुग्ने जनाएको छ ।कोरोनाबाट ज्यान गुमाउने सर्बाधिक अमेरिका र त्यसपछि इटाली र स्पेनबाट रहेका छन् । डिसेम्बर ३१ तारीखमा पहिलो पटक चीनमा कोरोनाभाइरस पुष्टी भएको थियो । र पहिलो पटक जनवरी १० तारीखमा चीनको वुहानमा कोरोनाले मृत्यु भएको थियो ।जनवरी १० पछिको यो पछिल्ला ९१ दिनमा त्यो संख्या १ लाख पुगेको थियो भने त्यसको १६ दिनमै २ लाख पुगेको रोयटर्सले लेखेको छ । विश्वमा घातकमध्येको एक मानिने मलेरियाबाट पनि वार्षिक ४ लाख मानिसहरूको मृत्यु हुने तथ्यांक छ। कोरोनाका कारण शनिवारसम्म अमेरिकामा ५२ हजार ४ सय जनाको मृत्यु भइसकेको छ भने इटाली, स्पेन र फ्रान्स गरी प्रत्येक राष्ट्रमा त्यो संख्या २० हजारदेखि २६ हजार छ ।

कोरोनाबाट सर्वाधिक प्रभावित २० देश मध्ये बेल्जियममा प्रति १० हजार सबैभन्दा धेरै मृत्यु छ। त्यहाँ प्रति १० हजार ६ जनाको कोरोनाबाट ज्यान गएको छ। उसको दाँजो स्पेनमा त्यो ४.९ छ भने अमेरिकामा १.६ रहेको छ ।

विश्वमा कोरोनाका कारण मर्नेको संख्या प्राप्त संख्या अहिले भन्दा धेरै भएको अनुमान गरिएको छ किनकी थुप्रै देशले नर्सिङ होम र अस्पताल भन्दा बाहिर भएका मृत्युलाई आफ्नो कोरोना तथ्यांकमा समावेश गरेका छैनन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।