चितवन राप्तीका कोरोना संक्रमित युबा डिस्चार्ज

१३ बैशाख,चितवन ।
पुर्बी चितवनको राप्ती नगरपालिका वार्ड नम्बर ८ ब्रम्हनगरका कोरोना संक्रमित दुई आमा-छोरा मध्ये छोरा केहि समय अघि डिस्चार्ज भएका छन् । उनको पछिल्लो पिसीआर रिपोर्टमा छोराको रिपोर्ट नेगेटिभ आएपछि भरतपुर अस्पतालले डिस्चार्ज गरेको हो ।ती युबाले आमा संगै घर जाने बताए पनि अस्पतालले छोरालाई आजै डिस्चार्ज गरेको हो । आमाको रिपोर्ट भने अझै पनि पोजेटिभ नै रहेकाले आमाको बिषयमा अस्पतालले अहिलेनै निर्णय गर्न सक्ने अबस्थामा छैन । उनको उपचारमा संलग्न चिकित्सकहरुको बैठक बसेर डिस्चार्ज गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने अस्पतालले जनाएको छ ।यसैबीच भरतपुर स्थित कोरोना परीक्षण प्रयोगशालामा शुक्रबार परीक्षण गरिएका २४ वटामध्ये सबै नमुनाको नतिजा नेगेटिभ आएको छ । उनीहरु गत चैत्र ३ गते बेलायतबाट हङ्कङग हुदै नेपाल आएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।