आन्तरिक र बाह्य उडान जेठ २ सम्म बन्द

१३ बैशाख,काठमाण्डौ ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु जेठ २ अर्थात् मे १५ सम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए । समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरे पनि लकडाउनको विषय आईतबारको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने भएको छ ।लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भए पनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । उनले अहिलेको अवस्थामा सरकार संग पर्याप्त औषधिजन्य सामग्रीको रहेको समेत बताए । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।