२५ अप्रिल,सिड्नी ।
विश्वभर महामारीका रुपमा रहेको कोरोनाभाइरस (कोभिड-१९)को संक्रमित संख्या २८ लाख ३२ हजार ४ सय ४१ पुगेको छ । यसबाट मृत्यु हुनेको संख्यामा समेत वृद्दि भएको छ । यो समचार तयार पार्दा सम्म विश्वभर १ लाख ९७ हजार ३ सय ४२ पुगेको छ । यस्तै निको हुनेको संख्या भने ८ लाख ७ हजार ३७ जना रहेका छन् । १८ लाख २७ हजार ५ सय ६० जनाको उपचार चलिरहेको छ ।
उपचार गराइरहेका मध्ये ५८ हजार ५ सय २४ जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डओमिटरले जनाएको छ ।अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा मात्रै ९ लाख २५ हजार भन्दाधेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा ५२ हजार भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै इटालीमा साढे २५ हजारभन्दा धेरै, स्पेनमा साढे २२ हजारभन्दा धेरै, फ्रान्समा २२ हजारभन्दा धेरै र बेलायतमा साढे १९ हजारभन्दा धेरैको ज्यान गएको छ । यसैगरी भारतमा साढे २४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा साढे ७ सय भन्दा धेरैको ज्यान गैसकेको छ ।







