१३ बैशाख,काठमाडौं । सामाजिक संजालमा ब्यक्तिगत लान्छना लगाएपछि पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट २०७४ भदौ १२ मा अवकाश पाएका उपाध्याय निजामती प्रशासनका ढोंगी (हिप्पोक्र्याट) हुन् । अर्थात् पदमा हुँदा उनी भ्रष्टाचार गर्न के कस्तो हर्कतमा उत्रिएका थिए भन्ने कुरा सामाजिक संजाल प्रयोगकर्ताहरुले थाहा नपाएको पनि हुनसक्छ । तर उनी सामाजिक संजालमा जसरी अरुलाई आरोप लाउँछन्, उनी पदमा हुँदा कतिसम्म भ्रष्टाचारमा तल्लीन थिए भन्ने केही उदाहरण
यहाँ हामीलाई प्राप्त भएका छन् ।सरकारले खटाएको ठाउँमा नगई काठमाडौंमा बसी मातहतका कर्मचारीलाई कीर्ते हाजिर गर्न लाउँथे भन्ने कुरा उनीसँग काम गरेका स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग(डोलिडार)देखि नेपाल ट्रष्ट हुँदै खानेपानी मन्त्रालयको सचिवसम्म उनीसँग काम गरेका कर्मचारीलाई थाहा छ । तत्कालीन स्थानीय विकास मन्त्रालयका सचिव गंगादत्त अवस्थीसँग उपाध्यायले सामाजिक संजालमा जुन खालका भाषा शैली प्रयोग गरिरहेका छन्, त्यो पूर्व सचिवका रुपमा ठीक हो त भन्ने जिज्ञासा राखेकोमा उनले भने–‘अवकाशपछि कर्मचारी नागरिक सरह नै हो । उनले पनि आफ्ना विचार सामाजिक संजालमा राख्न पाउँछन् । तर त्यसरी लेख्दा ब्यक्तिगत लान्छना लगाउन भने उपयुक्त होइन ।
खानेपानी मन्त्रालयबाट विज्ञको तलब खाँदै प्रधानमन्त्रीलाई गाली : भीम उपाध्याय सरकारका बिरुद्ध सामाजिक संजालमा मनपरी लेख्ने गर्दछन् । तर पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीका बिरुद्ध उनी केही लेख्दैनन् । उनले फगत प्रधानमन्त्री केपी ओली र एमाले पृष्ठभूमिका मन्त्रीलाई बढी गालीगलौज गर्दैआएका छन् । उनलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी खानेपानी तथा सरसफाई मन्त्री विना मगरले विज्ञ नियुक्त गरेकी छन् । उपाध्याय ८ महिनाअघि मात्र विज्ञ सल्लाहकार नियुक्त भएका हुन् । २०७६ भदौ ५ मा मन्त्रीस्तरीय निर्णय गरी विज्ञ सल्लाकार नियुक्त गरिएको थियो । पत्र भने २०७६ भदौ ८ मा दिइएको थियो ।








