बाग्लुङकी कोरोना सङ्क्रमित युवती पनि डिस्चार्ज,निको हुनेको सङ्ख्या ११ पुग्यो

१३ बैशाख,काठमाण्डौ ।
नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी १९ वर्षीया युवती अंशु सापकोटा उपचारपछि धौलागिरी अस्पताल बाट शुक्रबार साँझ डिस्चार्ज भएकी छिन् । सापकोटा बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आएकी थिईन् । एउटै जहाजबाट आएकी काठमाण्डौकी २२ वर्षीया युबती प्रसिद्दी श्रेष्ठलाई सङ्क्रमण देखिएपछि सापकोटाको समेत स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सङ्क्रमण पुष्टि भएको थियो ।केहि दिन अघिमात्रै काठमाण्डौ प्रसिद्दी डिस्चार्ज भएकी छिन् । सापकोटाले डिस्चार्ज पछि आत्मबलकै कारण आफूले कोरोनालाई जितेको भन्दै गाउँमा गएर सचेतना फैलाउने बताईन् ।योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या ११ पुगेको छ । भने,संक्रमित संख्या भने ४९ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।