१० बैशाख,काठमाण्डौ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रेफिङमा नेपालमा थप ३ जनामा कोरोनाभाइरस संक्रमित पुष्टी गरेको छ । प्रबक्ता बिकास देबकोटाले सो जानकारी गराएका हुन् ।
धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । हिजो मात्रै उदयपुरमा ११ जनामा कोरोना पुष्टी भएको थियो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।






