१० बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको महामारी बढ्न थाले संगै सरकारले थप कडाई गर्न थालेको छ । उदयपुरमा हिजो मात्रै १२ जना कोरोना संक्रमित भेटेपछि उदयपुर जिल्ला नै सिल गर्ने भएको छ ।
अहिले सरकारको ध्यान पाटी-पौवा र मस्जिदमा लुकेकाहरुमा छ । चितवनको विभिन्न मद्रासा र मस्जिदमा लुकेर बसेका मुस्लिम धर्मावलम्बिहरुलाई चितवन प्रशासनले क्वारेन्टाईनमा राखेको छ ।
भरतपुर महानगर-१६ शरणपुर झनझनेमा रहेको जामिया सैयद अबुल हसन अली मद्रासामा क्वारन्टाईनमा राख्ने गरी ५४ जनालाई उक्त स्थानमा लगिएको छ । भरतपुर महानगर २ र ३, माडी नगरपालिका र पुर्वी चितवनका मस्जिदमा रहेका पाकिस्तानी, भारतिय र नेपाली मुस्लिमहरुलाई क्वारेन्टाईनमा राख्नका लागि लगिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए । मस्जिदमा लुकेर बसेकाहरुबाट संक्रमणको जोखिम हुनेभएकाले उनिहरुलाई पहिचान गरी नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्न लागिएको प्रशासनको भनाई छ ।
File Photo








