९ बैशाख,काठमाडौं ।
उदयपुरको त्रियुगा नगरपालिकाको ३ भुल्केमा थप २ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले साँझ ७ बजे प्रेस बिज्ञप्ती जारी गरी पुष्टी गरेको हो । यो संगै कोरोनाको संक्रमित संख्या ४२ पुगेको छ । मन्त्रालयले ४२ भने पनि वर्ल्ड मिटरमा भने संक्रमित संख्या ४३ देखाएको छ ।
उदयपुरमा आज मात्रै ११ जना पुष्टी भए संगै उदयपुरमा मात्रै कोरोना संक्रमित संख्या २४ पुगेको छ । एकै दिनमा ११ जनाको पुष्टी भएपछि प्रदेश नम्बर १ ले उदयपुर सिल गर्ने तयारीमा रहेको बताइएको छ । प्रदेश १मा पुर्ब सुचना तथा सञ्चारमन्त्री शेरधनराई मुख्यमन्त्री छन् ।त्रियुगा नगरपालिकाको ३ भुल्केका ८ जनाको नमुना कोशी अस्पताल विराटनगरमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुन: धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा पोजेटिभ देखिएको हो । भने ३ जनाको टेकुमा परिक्षण गरिएको थियो ।






