९ बैशाख,काठमाडौं ।
केहि दिन अघि उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । अहिले फेरी उदयपुरमा नै थप ८ जनामा कोरोना पुष्टी भएको छ । केहि समय अघि स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ३३ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टी गरिएको थियो ।
यो संगै आज मात्रै उदयपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको ३ भुल्केका ८ जनाको नमुना कोशी अस्पताल विराटनगरमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुन: धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।






