९ बैशाख,काठमाडौं ।
केहि दिन अघि उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । अहिले फेरी उदयपुरमा नै थप ८ जनामा कोरोनाभाइरसको संक्रमणको आशांका गरिएको छ ।
८ जनाको परिक्षण गर्दा कोशी अस्पताल विराटनगरमा कोरोना पोजेटिभ देखिएपछि पुन: परिक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । त्यहाँबाट रिपोर्ट आएपछि कोरोना भएरनभएको पुष्टी हुनेछ । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केकावासिन्दा रहेको बताइएको छ ।






