८ वैशाख,चितवन ।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ ब्रम्हनगरका दुईजना संक्रमितसँग नजिक रहेकाहरुको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको छ । बेलायतबाट आएका आमा छोरामा कोरोना देखिएपछि उनीहरुसँग नजिक रहेका आफन्तहरु र अन्य गरि ८ जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको राप्ती नगरपालिकाले जनाएको छ ।
कोरोनाभाइरसको संक्रमित पुष्टी भएकाको गाँउले छिमेकी जस्लाई संक्रमितले चकलेट बाँडेका थिए । चकलेट खानेहरुमध्ये आठजनाको हिजो स्वाब संकलन गरि पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो । यस्तै चितवनकै रत्ननगर नगरपालिकामा आरडीटी गर्दा एन्टिबडी पोजेटिभ देखिएको महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।







