बैशाख ५,काठमाण्डौ ।
चितवन स्थित कोभिड१९ प्रयोगशालामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि टेकु पठाईएको नमुनामा पुन: कोरोना पोजेटिभ देखिएपछि चितवनको कोरोना केस पुष्टी भएको छ । यद्दपी जनसंख्या मन्त्रालयले भने यसलाई पुष्टी गरिसकेको छैन । पूर्वीचितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमित आमा र छोरा अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् । स्रोतका अनुसार उनीहरु केहि दिन अगाडी बेलायत बाट नेपाल आएका हुन् ।
यसअघि पूर्वी चितवनको रत्ननगरमा रहेको गुञ्जमान सिंह हस्पिटलमा बुधबार गरिएको र्यापिड परीक्षणमा एक जना युवामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको थियो । पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा ती युवासहित २८ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । चितवनमा गत २४ चैतदेखि औपचारिक रुपमा कोरोना परीक्षण सुरु भएको भए पनि अहिलेसम्म कसैमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले पुष्टि गरेको छैन ।






