४ बैशाख,काठमाण्डौ ।
नेपाल वायु सेवा निगमका दुवै वाइडबडी विमान केहि समय अघि स्वास्थ्य सामग्री लिनका लागि चीनको गोन्जाओ उडेका छन् । निजी क्षेत्रले स्वास्थ्य सामग्री लिनका लागि दुवै जहाज चार्टर्ड गरेको निगमले जानकारी गराएको छ ।बिमान प्ल्यास फ्रेट लजिस्टिक र सिल्क फ्रेटले निगमका विमान कार्गो चार्टर्ड गरेका हुन् । प्ल्यास फ्रेट लजिस्टिकले २ वैशाखका लागि बुकिङ गरेको उडान निगमले प्रक्रिया पूरा नगर्दा उडान भर्न सकेको थिएन ।
यसअघि २८ चैतका लागि विमान बुकिङ गरेको भए पनि चीनले भन्सार क्लियरिङ गर्न समय लाग्ने बताएपछि २ वैशाखका लागि उडान सारिएको हो ।तर, निगमले समयमा प्रक्रिया पूरा नगरेकाले सामान ल्याउन नसकिएको प्ल्यास फ्रेट लजिस्टिकले बताएको छ। निजी अस्पताल र व्यापारिक कम्पनीले स्वास्थ्य सामग्री ल्याउन बुकिङ गरेको प्ल्यास फ्रेट लजिस्टिककी प्रमुख कार्यकारी अधिकृत अरुणा सिग्देलले बताइन्।दुवै विमान ५ वैशाख बिहान काठमाडौं फर्किने उडान तालिका रहेको कर्णले बताए । निगमले यसअघि पनि तीनपटक काठमाडौं-गोन्जाओ कार्गो चार्टर्ड उडान गरिसकेको छ ।






