१५ अप्रिल,सिड्नी ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट यो समचार तयार पार्दा सम्म विश्वभर १९ लाख ९८ हजार १ सय ११ (करिब २० लाख) संक्रमित पुष्टी भएको छ । यसै महामारीमा परी विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ ।४ लाख ७८ हजार ६ सय ५९ जना उपचारपछि घर फर्किएका छन् । संसारभर ५१ हजार ६ सय ८ को अवस्था गम्भीर रहेको छ । भने अझै ३ लाख ९२ हजार ८ सय ४८ जनाको केस सकृय छ ।
कोरोनाबाट अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित र मृतक रहेका छन् । अमेरिकामा ६ लाख १३ हजार ८ सय ८६ जना संक्रमित पुष्टी भएको छ। भने,मृतक संख्या २६ हजार ४७ पुगेको छ ।
यस्तै स्पेन १ लाख ७४ हजार ६० संक्रमित छन् । भने,१८ हजार २ सय ५५ जनाको मृत्यु भैईसकेको छ । यसैगरी इटलीमा १ लाख ६२ हजार ४ सय ८८ संक्रमित र २१ हजार ६७ को मृत्यु भएको छ । इटली मृतकका हिसाबले अमेरिका पछिको देश बनेको छ ।
यस्तै फ्रान्समा १ लाख ४३ हजार ३ सय ३ संक्रमित छन् । मृतक संख्या फ्रान्समा १५ हजार ७ सय २९ रहेको छ । युरोप अन्तर्गत जर्मनीमा संक्रमित संख्या १ लाख ३२ हजार २ सय १० रहेको छ । यस्तै मृतक संख्या भने ३ हजार ४ सय ९५ छ ।यसैगरी कोरोनाभाईरसले कम संक्रमित तर धेरैको मृत्यु भएको देश बनेको छ युके । युकेमा अहिले सम्म ९३ हजार ८ सय ७३ संक्रमित रहदा १२ हजार १ सय ७ ले ज्यान गुमाएका छन् ।
चीनको वुहान शहर बाट डिसेम्बर अन्तिम साता देखि सुरु भएको कोरोना भाईरसको संक्रमित चीनमा जम्मा ८२ हजार २ सय ९५ रहेका छन् । भने,३ हजार ३ सय ४३ जनाको मात्र मृत्यु भएको छ । देशको जनसंख्या र रोग सुरु भएको देशका हिसाबले चीनको तथ्याङकलाई केहि देशले तथ्यांक लुकाएको आरोप लगाएको छ ।







