वैशाख २,धादिङ।
बिभिन्न जिल्लामा कोरोनाभाईरस (कोभिड-१९)को र्यापिड किट बाट टेष्ट गर्ने क्रममा धादिंङमा समेत एक जनामा कोरोना पोजेटिभ देखिएको छ । धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्यचौकीमा गरिएको टेस्टमा एकजना पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
र्यापिड टेस्टमा पोजिटिभ नजिता देखिएका व्यक्ति दक्षिण कोरियाबाट गत फागुन २० गते घर फर्किएका थिए । उनलाई अहिले जिल्ला अस्पताल धादिङबेसीको आइसोलेसनमा राखी थ्रोट स्वाब परिक्षणका लागि नमुना टेकु अस्पताल पठाईने तयारी गरिने भएको छ ।







