सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी सोमबार नै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए ।धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न सोमबार साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, ‘सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ ।’ प्रजिअ तिमल्सिनाका अनुसार उनलाई घरमा छुट्टै तरिकाले बस्न लगाइएको छ ।

कोरोना भाइरस देखिएका आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ ।कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा ती तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुलाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको छ । उक्त अपार्टमेन्टमा सोमबार नै सिल गरिएको छ । ५ वटा सनसिटी टावरमा करिव ५०० परिवारको क्षमता रहेको फ्ल्याट छन् । रासस

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।