अपडेट: सनसिटी अपार्टमेन्टको बिल्डिङ ‘ए’मा बस्ने ३ जनामा कोरोना पोजेटिभ देखिएपछि छिमेकीहरु त्रसित

वैशाख १,काठमाडौँ ।
भक्त्तपुरको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिए पछि सो अपार्टमेन्टमा बस्नेहरु त्रसित बनेका छन् । सो अपार्टमेन्टमा बस्ने एक परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पताल स्थित स्रोतले पनि पुष्टि गरेको छ ।चैत ५ गते लण्डनबाट फर्किएका उनिहरुको एक छिमेकीले दिएको जानकारी अनुसार सनसिटीमा पाँचवटा बिल्डिङहरु छन् । जसमध्ये उनीहरु बिल्डिङ ए मा बस्थे ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए । जचाउन गएका थिएनन्, कोरोना ल्याएका छन् कि भन्ने डर थियो । आज त अस्पताल लगिएछ । झन् डर लागेको छ ।’ ती छिमेकीले भने। तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्ट सिलबन्दी गरेको छ भने अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।