२७ चैत्र,काठमाण्डौ ।
कोरोनाभाईसले विश्वभर सताइरहेका बेला नेपालमा समेत लकडाउन गरी नियन्त्रण गरिरहेको छ । लकडाउनकै फाईदा उठाउदै केहि ब्यापारीले भने कालोबजारी गरिरहेको खबर बेला-बेलामा आईरहेका छन् । यसैबिच नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवाल कालो बजारीको आरोपमा पक्राउ परेपछि उनको पद सरकारले खारेज गर्ने निर्णय गरेको छ।
कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै लकडाउनको बेला पनि उनले चीन बाट सामाय आर्यात गरी नेपालमा कालोबजारी गरेको प्रहरी स्यवमले पुष्टी गरिसकेको छ । अग्रबाललाई प्रहरीले ज्वरो नाप्ने थर्मल गनसहित उनलाई मङ्गलवार पक्राउ गरेको थियो।बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो।उनीहरूलाई दिइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने विगतको निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्र मन्त्रालयले बताएको थियो ।







