अमेरिकामा कोरोना संक्रमित ३ लाख ११ हजार,यस्तो छ युरोपको अबस्था

५ अप्रिल,सिड्नी ।
कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । यो समचार तयार गर्दा सम्म अमेरिकामा कोरोना संक्रमित संख्या ३ लाख ११ हजार ३ सय ५७ जना पुगेका छन् । यो रेकर्ड करिब १५ घण्टा अगाडी २ लाख ७७ हजार ४ सय ६७ थिए । १५ घण्टाको अबधिमा संक्रमतिको संख्यामा ३३ हजार ८ सय ९० बृद्दी भएको हो । वर्ल्डमिटरको ताजा रेकर्ड अनुसार अमेरिकामा अहिले सम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ५२ पुगेका छन् । यस अघि ७ हजार ४ सय थिए । करिब १५ घण्टाको अबधिमा १ हजार ५२ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिले सम्म १६ लाख ३२ हजार ९ सय ५५ जनाको परिक्षण गरिसकेको छ ।यस्तै अमेरिकामा १४ हजार ८ सय २५ जना उपाचर पछि निको भएर घर फेर्केका छन् । भने,२ लाख ८८ हजार ८० जनाको केस अझै सक्रिय छ । यसैगरी ८ हजार २ सय ६ जनाको अबस्था नाजुक रहेको पनि रेकर्डले देखाएको छ ।स्पेनमा अहिले सम्म ३ लाख ५५ हजार मानिसको परिक्षण गरिसकेको छ ।महामारीका रुपमा फैईलिएको कोरोनाभाईरसले मृतकका हिसाबले स्पेन पहिलो स्थानमा र संक्रमितका हिसाबले अमेरिका पहिलो स्थनामा छन् । कोरोनाले बिकसीत र शक्तिशाली राष्ट्रहरुलाई नै बढी सताएको देखिन्छ । यस्तै स्पेनमा पछिल्लो ताजा रेकर्ड कुल संक्रमित १ लाख २६ हजार १ सय ६८ पुगेका छन् । मृतक संख्या ११ हजार ९ ५सय ४७ पुगेको छ । ३४ हजार २ सय १९ निको भएका छन् । स्पेनमा अझै ८० हजार २ जनाको केस सकृय छ । भने,६ हजार ५ सय ३२ जनाको अबस्था चिन्ताजनक छ ।

यसैगरी ईटलीमा १ लाख २४ हजार ६ सय ३२ संक्रमित पुगेका छन् । १५ हजार ३ सय ६२ मृतक संख्या पुग्दा इटलीमा निको हुनेको संख्या २० हजार ९ सय ९६ जना रहेका छन् । ईटलीमा अझै ८८ हजार २ सय ७४ संक्रमित सकृय छन् ।भने,३ हजार ९ सय ९४ संक्रमितको अबस्था नाजुक छ । ईटलीमा ६ लाख ५७ हजार २ सय २४ जनामा कोरोना परिक्षण गरिएको छ ।यसैगरी जर्मनीमा ९६ हजार ९२ जना संक्रमित पुष्टी भएका छन् । एक हजार ४४ को मृत्यु भएको छ। भने,२६ हजार ४०० निको भएका छन् । जर्मनीमा ६८ हजार २ सय ४८ केस सकृय छ जसमध्ये ३ हजार ९ सय ३६ को अबस्था चिन्ताजनक छ । जर्मनीमा अहिले सम्म ९ लाख १८ हजार ४ सय ६० को कोरोना परिक्षण गरिएको हो ।यसैगरी युकेमा संक्रमित संख्या ४१ हजार ९ सय ३ जना पुगेका छन् । यसैगरी मृतक संख्या ४ हजार ३ सय १३ पुगेको छ । युकेमा निको भएको संख्या जम्मा १ सय ३७ छ । यो संख्या अत्यन्त कम हो । युकेमा अझै ३७ हजार ४ सय ५५ एक्टिभ केस छन् । भने,१ सय ६३ को अबस्था नाजुक छ । युकेमा अहिले सम्म १ लाख ८३ हजार १ सय ९० मा मात्र परिक्षण गरिएको छ । परिक्षणका हिसाबले ४१ हजार संक्रमित र ४ हजार ३ सय बढीको मृत्यु हुनाले युकेको अबस्था अन्य देशको भन्दा अझै बढी खतरामा रहेको बुझ्न सकिन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।