बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु

चैत १५ बुधबार |
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबण्डाको बारेमा छलफलका लागि बैठक सुरु भएको हो । हिजो बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आज विहानैदेखि दलहरु छलफलमा जुटेका हु्न् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत चैत्र ६ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएपनि गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

लामो समयदेखि प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालयको जिम्मेवारी छ ।मन्त्रिपरिषद् विस्तार हुन नसक्दा मन्त्रालयको दैनिक काम कारबाही नै प्रभावित भएको छ ।भागबण्डाकै कारण मन्त्रालय टुंगाउन पुष्पकमल दाहाल नेतृत्व सरकारले पुर्णता नपाँदा राजनितिक अस्थिरता बढेको छ ।

भागबण्डाकै कारण सरकारले पुर्णता नपाएको राजनितिक बृतमा चर्चा चुलिएको छ । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। ​मन्त्रालयको भागबन्डा मिलाउन मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो।

बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।मन्त्रालय टुंगिन नसकेपछि मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा छलफलका अघि सारिएको थियो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।