चैत ३ शुक्रबार |
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्।आज भएको निर्वाचनमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेद्वार रहेका रामसहाय नेकपा एमालेकी उम्मेद्वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्वार ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
उनले संघीय संसद्तर्फ १८४(१४५६ मतभार) र प्रदेश सभासदस्य ३२९(१५७९२ मतभार) गरी ३०,३२८ मतभार प्राप्त गर्दै निर्वाचित भएका हुन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार भएको मतदानमा जम्मा ८२९ जना मतदातको मत खसेको थियो।यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन्।








