२३ फाल्गुण,काठमाण्डौ ।
सर्वोच्च अदालतले रबि लामिछानेको मुद्दाको फैसलामा पुर्ण पाठ सार्बजनिक गरेको छ । पुर्ण पाठमा नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर नागरिकतासम्बन्धी मुद्दाको फैसलामा सर्वोच्चले नेपालको संविधान र कानुनले नागरिकता लिएका व्यक्तिलाई मात्र दल खोल्ने स्वतन्त्रता दिएको बताएको हो ।
फैसलामा भनिएको छ, ‘…यसको तात्पर्य नेपालको शासकीय हैसियत प्रापत गर्न नेपाली माटो, नेपाली कानुन र नेपाली राष्ट्रियताप्रति विधवत समर्पित रहेको हुनुपर्छ भन्ने पनि हो ।’








