१४ माघ,काठमाण्डौ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सर्वोच्चले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा गरेको फैसलाको स्वागत गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरा गर्दै केसीले रवि लामिछानेलाई आफूले संसदमै व्यक्तिगतरुपमा भेट गरि एकैपटक नेपाली र अमेरिकी नागरिक भएर कसरी मुलुकको नेतृत्व गर्नुहुन्छ ? कसरी जनतामा भ्रम पार्नुभाछ ? भनेर सोधेको बताउनुभयो ।
अध्यक्ष केसीले सर्वोच्च अदालतले नेपालको इतिहासमा हिजो गरेको फैसला ऐतिहासिक भएको भन्दै न्यायपालिकालाई धन्यवाद समेत दिनुभयो ।
सर्वोच्चले हिजो उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गर्दै उहाँका सबै पदमुक्त गराएको छ ।
निर्वाचन आयोग जानुअगाडि, पार्टी खोल्नु अगाडि नेपाली नागरिकता भएको प्रमाणीत गर्नुपर्ने सुझाउँदै अध्यक्ष केसीले दोहोरो पासपोर्ट लिएर लामिछानेलाई हिड्ने अधिकार छ भन्दै प्रश्न गर्नुभयो ।
यस्तै उहाँले निर्वाचन आयोगले पनि बदमासी गरेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेलाई अब मन्त्री दिनसक्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा केसीले प्रचण्ड देखावटी र नामको मात्रै प्रधानमन्त्री भएको र अहिलेको प्रधानमन्त्री त केपी शर्मा (खड्क प्रसाद ओली) ओली भएको दाबी गर्नुभयो ।
केहि समय अगाडि ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नाम र चुनाव अर्कै देशको भएको भन्ने कुरा केहि निकाले पनि पछि राजनितीक स्वार्थका लागि ओली लहसिएर गएको आरोप लगाउनुभयो । ओली कै दबाबमा लामिछानेलाई प्रचण्डले गृहमन्त्री बनाएको पनि अध्यक्ष केसीको दाबी छ ।








