४ माघ,काठमाण्डौ | पत्रपत्रिका
राप्रपाबाट यसअघिसमेत मन्त्री भइसकेका विक्रम पाण्डेले शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी सबैजना नयाँ अनुहार हुन् ।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको थियो । मन्त्रिपरिषद्मा रास्वपाबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल नियुक्त भएका हुन् । यस्तै, स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई जिम्मा दिइएको छ । उनी पनि नयाँ अनुहार हुन् ।
यसैगरी, जनमत पार्टीका अब्दुल खानले पनि पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । राजधनीबाट








