जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रले भन्छ, ‘सन्दीपविरुद्ध उजुरी दिने किशोरी नाबालिग’

२१ पौष,काठमाण्डौ ।
राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरी बालिग वा नाबालिग भनेर चर्चा चलिरहेको समयमा केटिएम दैनिकले किशोरीको आठ कक्षाको जिल्ला स्तरीय परीक्षाको मार्क सिट फेला पारेको छ ।यसअगाडि नै हामीले किशोरीले जन्म दर्ता निकालेको वडाको सचिव र सोही वडाको कम्प्युटर शाखामा कार्यरत एक कर्मचारीको भनाई को आधारमा किशोरी घटना भएको समयसम्म नाबालिग रहेको समाचार लेखका थियौँ ।सन्दीपका वकिलहरूले पीडित भनिएकी किशोरी बालिग भएको प्रमाण आफूसँग भएको बताइरहँदा केटिएम दैनिकले प्राप्त गरेको किशोरीको कक्षा आठको जिल्ला स्तरीय परीक्षाको मार्क सिटमा उनको जन्म मिति २०६२ साल जेठ १८ गते भएको उल्लेख छ । २०७४ सालमा उनी कक्षा ८ मा अध्ययनरत थिइन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।