प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

१७ पौष,काठमाण्डौ | (रासस)
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)। साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल । तस्बिरः राधिका कँडेल÷रासस

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुग्नुभएको हो । उहाँका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि यहाँ हुनुहुन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।