‘तेरो दाइ मेदी’: टिकटकमा भाइरल युवक पक्राउ, म्यादी प्रहरी नरहेको पुष्टी

२१ बैशाख,काठमाण्डौ ।
एक जना युवक म्यादी प्रहरीको बर्दी लगाएर खुबै भाइरल थिए । मादक पदार्थ पिएर लठ्ठिएका उनी आफू म्यादी प्रहरी भएको बताउँदै सामाजिक सञ्जाल टिकटक र फेसबुकमा छाएका थिए । ‘तेरो दाइ मेदी’ भन्दै केही दिनदेखि फेसबुक सामाजिक सञ्जालमा भाइरल ती युवकलाई प्रहरीले पक्राउ गरेको छ । भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् प्रहरीका अनुसार म्यादीको पोशाक लगाएर भिडियो बनाएर भाइरल हुने यी युवक म्यादी प्रहरी भने होइनन् ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको छ । उनले आफ्ना फुपुका छोराको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको छ ।

उनले फुपुको छोरा घरमा नभएको बेला पोशाक लगाएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे युवकका फुपुका छोरासँग पनि सोधपुछ गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।