निर्वाचन आयोगले आज र भोलि उजुरीमाथि छानबिन गर्ने

१४ बैशाख,काठमाण्डौ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ । हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।