२३ फाल्गुन,काठमाण्डौ ।
ललितपुरमा दुई दिनको शिशूसहित एकै घरका ५ जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुका उनीहरुको मृत्यु भएको हो ।शिशुको भने उपचारका क्रममा मृत्यु भएको हो । बाकि ४ जना घरैमा मृत अबस्थामा भेटिएको बताईएको छ । उनीहरुको मृत्युको कारण भने खुलेको छैन ।
मृत्यु हुनेहरुमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा, ७ वर्षीय आस्मा तामाङको मृत्यु भएको हो । गम्भीर अवस्थामा फेला परेका २२ वर्षीय शुभ तामाङ उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्नका लागि चिकित्सकको टोलीसहित ललितपुर प्रहरी प्रमुख पनि घटनास्थलमा गइरहेको बताइएको छ ।






