सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

१२ फाल्गुन,काठमाण्डौ ।
प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । संसद् भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल गर्न पार्टीहरुलाई समय दिने निर्णय गरेको थियो ।सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गरेर् छाड्ने पक्षमा छन् । उनको आग्रहमा बैठका भोलिसम्मका लागि स्थगित गरिएको बुझिएको छ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ । बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाको बैठकमा संसद्मा टेबुल भएको एमसीसीको प्रस्तावमा सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।