कोरोनाले एक दिनमा विश्वभर ११ हजारको मृत्यु

१९ माघ,काठमाण्डौ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ११ हजार ११ को मृत्यु भएको हो ।त्यस्तै, विगत २४ घण्टामा विश्वभर २८ लाख ३२ हजार ९९८ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३८ करोड १७ लाख ६५ हजार ३१४ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ३० करोड १५ लाख ५७ हजार ३०७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५७ लाख ४ हजार ५४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।