१७ माघ,काठमाण्डौ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ५ हजार ७७८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ५ हजार ७७८ को मृत्यु भएको हो।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर २१ लाख ७ हजार ४५० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३७ करोड ५० लाख ५५ हजार ८८९ जनामा कोरोना संक्रमण भएको छ ।
त्यस्तै, २९ करोड ६२ लाख ५८ हजार ६७९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५६ लाख ८१ हजार १९७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।








