एजेन्सी ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ९०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ९ हजार ९०१ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३४ लाख १२ हजार ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३६ करोड ६४ लाख ९३ हजार ७१४ जनामा कोरोना संक्रमण भएको छ ।
त्यस्तै, २८ करोड ९६ लाख ९६ हजार ८३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५६ लाख ५५ हजार ७४६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।








