नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुषभन्दा महिला ६ लाख बढी

१२ माघ,काठमाण्डौ ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो ।विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १ सय ६९ र पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । अघिल्लो पटक गणना गर्दा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ रहेको छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक ६ महिनाभित्र आउनेछ ।

विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।