प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्दै

७ माघ,काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री बनेपछि देउवाले ६ महिनाको अवधिमा पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचनबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।