कोरोनाका कारण देबघाटमा भक्तजन न्युन

१ माघ,चितवन ।
तनहुँको देवघाटमा वर्षेनी माघ १ गते लाग्ने मकर संक्रान्ति तथा माघी पर्वमा काेराेना माहामारीका कारण तिर्थालु भक्तजनहरूको उपस्थितीमा कमी आएको छ । देवघाटमा हरेक वर्ष त्रिशुली र कालिगण्डकीको संगममा नुहाउन र पुजा-अर्चनाका लागि भक्तजनहरु आउने गर्छन् ।कोरोनाभाईरसको नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड १९ महामारीको तेस्रो लहरलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यलय चितवनले देवघाट प्रवेशमा रोक लगाइएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।