२६ पौष,काठमाण्डौ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ३ हजार २९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ३ हजार २९५ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर १८ लाख ४८ हजार ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३० करोड ७७ लाख ८५ हजार १५५ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २५ करोड ९४ लाख ९९ हजार ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५५ लाख ५ हजार ७२८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।







