विश्वभर थप २३ लाख ६७ हजारमा काेराेना संक्रमण पुष्टि

२३ पौष,काठमाण्डौ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ६ हजार २६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार २६३ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर २३ लाख ६७ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३० करोड ५ लाख ४६ हजार ५२३ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै, २५ करोड ७४ लाख ५३ हजार १३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५४ लाख ८८ हजार ९१३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।