आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्छ: प्रचण्ड

१८ मंसिर, चितवन ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका छन् । शनिबार भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनलाई इंगित गर्दै चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका हुन् ।आफूलाई हेरेर सबैले चितवनतिर नजर लगाएको बताउँदै अध्यक्ष दाहालले भने, ‘चितवन कुरुक्षेत्र बन्दै छ । म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन् ।’
त्यस्तै अध्यक्ष दाहालले आफूले पनि चितवनको विकासमा ध्यान दिएको बताउदै सबैको महाधिवेशन चितवनमा भइरहेको जिकिर समेत गरे ।

त्यसोत, केही दिन अगाडि मात्रै चितवनमा नेकपा (एमाले) को महाधिवेशन सम्पन्न गरिएको थियो । महाधिवेशनले नयाँ विचार दिनुपर्ने उल्लेख गर्दै उनले मान्छेको भीडभाड गर्दैमा महाधिवेशन सफल नहुने बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।