दुई क्वीन्टल चरेश बरामद

२७ कार्तिक, चितवन,
चितवनमा प्रहरीले दुई क्वीन्टल अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश बरामद गरेको हो ।चेयनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अबस्थामा सो परिणामको चरेश बरामद गरेको प्रहरीले जनाएको छ । १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश बरामद गरेको हो । रत्ननगर–१५ माधवपुरका उद्धब अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।

गोदाममा चरेश रहेको जानकारी अधिकारीले नै प्रहरीलाई दिएको जनाइएको छ । उद्यपी प्रहरीले सम्पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन् । अवैध लागुऔषध चरेशको कारोबारमा संलग्न रहेको आशंकामा टाँडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।