सोलुखुम्बुमा हराएका ३ फ्रान्सेली नागरिकको शव फेला

सोलुखुम्बु :सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका ३ जना फ्रान्सेली नागरिकको शव फेला परेको छ । नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेको सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।नेशनल नेपाल माउन्टेन गाइडको टोलीले ती फ्रान्सेली नागरिकको शव फेला पारे पनि उद्वार भने आजदेखि खटिएका तालिम प्राप्त फ्रान्सेली नागरिकको टोलीले गरेको हो । शवलाई अहिले लुक्लामा राखिएको छ । माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका उनीहरु कात्तिक ९ गतेदेखि हराएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।