नेपालमा ८३४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

१० असोज, काठमाडौं ।
नेपालमा बितेको २४ घण्टामा थप ८ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ५ सय ८९ जनाको पीसीआर र ५ हजार १ सय ४७ एन्टिजेन परीक्षण गर्दा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको हो । यस्तै, थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । आज १ हजार २ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ सय ३२, ललितपुरमा २४ र भक्तपुरमा २३ जना संक्रमित थपिएका हुन् । हाल देशभर १९ हजार १ सय ४२ सक्रिय संक्रमित रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।