सङ्खुवासभामा एकै परिवारको ६ जनाको हत्याका आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक

२७ भाद्र, काठमाडौं ।
सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जना सदस्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । तेजबहादुर कार्कीको परिवारका छ जनाको बीभत्स हत्या गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । शुक्रबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।मादी नगरपालिका-१ उम्लिङको खोला गाउँमा ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

प्रहरीका अनुसार तेजबहादुरले लोकेले मार्‍यो, गुहार’ भन्दै कराएपछि श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलतर्फ गएका थिए । कमला र रञ्जनालाई देखेपछि लाेकबहादुरले घटनाको पोल खुल्ने डरले पहिले कमलामाथि दाउरा प्रहार गरेका थिए । लगत्तै उनले बुहरी रञ्जनामाथि पनि प्रहार गरे । तीन जनामाथि आक्रमण गरेको दुई बालबालिकाले पनि देखेपछि उनीहरूलाई लखेट्दै हत्या गरेको प्रहरीले बताएको छ ।

गुहारको मागेकाे सुनेको र देखेको हुनसक्ने डरले लोकबहादुरले घरमा गाईवस्तुलाई कुँडो पकाइरहेकी पार्वतीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले एक जनाकाे मात्रै हत्या गर्ने याेजना भए पनि घटनाकाे पाेल खुल्ने डरले सबैकाे हत्या गरेकाे बताएका छन् । तस्बिर : अनिल श्रेष्ठ

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।