नेपालमा थप १२७१ संक्रमित थपिए, १४ को मृत्यु

२४ भाद्र, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ९ सय ४४ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणका क्रममा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कुल संक्रमितको संख्या ७ लाख ७४ हजार ५ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै गरी २४ घण्टामा १ हजार ८ सय ४५ जना निको भएका छन् । यो सँगै हाल सम्म निको हुनेको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ ।यसै गरी आज संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ३ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।