अफ्गानिस्तान घटनाःविमान स्थलमा अमेरीकी सेनाले गोली चलायो, केहीको मृत्यु

३२ साउन, काठमाडौं ।
अफ्गानिस्तानमा तालिवानले कब्जा जमाएपछि आफ्ना नागरिक स्वदेश फर्काउन विमानस्थलमा आएको अमेरीकी सेनाले गोली चलाएको छ । केही हवाई फायर गरेरपनि भीड नियन्त्रणमा नआएपछि सेनाले मेसिनगन मार्फत गोली चलाउदा केही मानिसको मृत्यु भएको छ । विमानस्थल परिसरमा मानिसका लाशहरु देखिएका छन् । तालिवानले युद्ध समाप्त भएको घोषणा गरेकै भोलीपल्ट अमेरीकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको हो । अहिले दशौँ हजार नागरिक विमानस्थलमा जम्मा भएका छन् । विमानस्थलबाट विदेशी नागरिक र तालिवानबाट त्रसित अफ्गानी नागरिकलाई विदेश उद्धार गरेर पुर्याईदैछ । यस अघि नै अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी सहितको टिम भागेर ताजिकिस्तान पुगिसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।