३० साउन, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।आज १ हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
अहिलेसम्म ६ लाख ८० हजार ८१५ जना कोरोना मुक्त भएका छन्। २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।






